प्रमोदको चलचित्र ‘एक’को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौँ । मनोज पण्डितको चलचित्र ‘एक’को ट्रेलर सार्वजनिक भएको छ । देशको सिमाना मिचियो भनेर सधैँ चिन्तामा रहने पात्रले यो चलचित्रमा तराईलाई नेपालबाट अलग्याउने प्रयत्नका विरुद्ध एक देशभक्त ‘गुप्तचर’को सङ्घर्षको कथा बुनेका छन् ।

कलाकार प्रमोद अग्रहरीलाई स्वतन्त्र मधेसको राजनीतिक एजेन्डा बोकेको पात्रका रूपमा प्रस्तुत गरेको चलचित्रमा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टका भूमिकामा देखिएका छन् । यी दुई पात्रबीच मिसन केन्द्रित अन्तरसंघर्षको कलात्मक प्रस्तुति रहेको यो स्पाई जनर एक्सन प्रधान फिल्ममा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन् ।

प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन् । चलचित्र सम्पादन भरत रेग्मीले गरेका छन् ।

गोविन्द मधुर आचार्य, पुष्कर महतो र हरि लम्सालले चलचित्रमा संगीत भरेका छन् । सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईँ र सोफिया थापा हुन्।

कोरोना महामारीका कारण थला परेको चलचित्र उद्योगको विकल्प खोज्दै असोज २१ बाट सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाय नेट तथा ओहो मूभिजबाट प्रदर्शनमा आउने भएको हो ।

चलचित्रमा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अलि, रमेश महर्जन, रिसिका घिमिरे तथा बाल कलाकार विश्वन्त पोखरेललगायतको अभिनय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *