‘म राजेश हमाल’मा जोडिए महेश

काठमाडौँ । चलचित्र ‘म राजेश हमाल’मा कलाकार महेश त्रिपाठी अनुबन्धित भएका छन् । त्रिपाठीलाई यस चलचित्रमा दर्शकले मुख्य भूमिकामा देख्न पाउने भएका छन् ।

निर्माता केदार भुसालले नायक हमालको भावनात्मक योगदानलाई न्याय दिलाउने गरी चलचित्र बनाउन लागेको बताएका छन् ।

चलचित्रमा कलाकार आर्यन सिग्देल, सञ्चिता लुइँटेल, मुकुन भुसाल, एवन राज उप्रेती, सन्जोग रसाइली र अस्मिता लामिछाने यसअघि नै अनुबन्धित भइसकेका छन् । चलचित्रको छायांकन आगामी हप्तादेखि धनगढीबाट सुरु गर्ने निर्माण टिमको तयारी छ ।

चलचित्रको निर्देशन विक्रम लामाले गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *