ज्योति मगरको तीज गीत ‘माईतीको मया बरीलै’ सार्वजनिक

काठमाडौँ । तीज, चेलीका व्यथा र विरहको गीत । तिघ्रा देखाएर चर्चित भएको आरोप लाग्दै आएकी गायिका ज्योति मगरले माथि उल्लेखित ३ विषय समेटेर गीत ‘माईतीको मया बरीलै’ सार्वजनिक गरेकी छन् ।

समाज आधुनिक भयो भन्दै तीज गीतमा आधुनिकता छर्ने, अङ्ग्रेजी भाषा मिसाउने र पुरुषलाई गाउन नाच्न अग्रसर गराउने भिड भन्दा भिन्न ज्योतिको गीत सार्वजनिक भएको हो । भलै, उनका छोटो पहिरन लगाएका गीत झैँ यो गीतले ह्वात्तै भ्युज पाउन सकेको छैन, तर पनि लोक तथा दोहोरी गीतका पारखीहरूले भने यो गीतलाई मन पराएका छन् ।

ज्योतिकै स्वर, शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन भने योगेश काजीले गरेका छन् । स्मृति तिम्सिना ‘गुरुआमा’ ले निर्देशन गरेको भिडिओमा ज्योति सँगै रीतिका कुँवर, शेर बहादुर डिसी र गङ्गा मगरको अभिनय छ । अजय रेग्मीले खिचेको भिडिओ पदम सुबेदीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *