विक्कीको ‘प्रयोग’ले ल्याएको तरङ्ग

काठमाडौँ । हास्यव्यङ्ग्यको रियालिटी शो कमेडी च्याम्पियन अहिले चर्चामा छ । दोस्रो अंकको उत्तरार्द्धतिर आइपुग्दा यो कार्यक्रमका एक सहभागीले गरेको प्रयोग र त्यसपछिका तर्क/वितर्कले सामाजिक सञ्जाल रंगिएका छन् ।

प्रतियोगिताको फाइनल पुग्नका लागि प्रतिस्पर्धीले मञ्चमा गर्ने प्रस्तुतिका क्रममा प्रतिस्पर्धी विक्की अग्रवालले गरेको ‘प्रयोग’ र प्रतियोगिताका निर्णायक सन्तोष पन्तले गरेको कमेन्टको पक्ष र विपक्षमा तर्क वितर्क भइरहेका छन् ।

प्रतियोगिताको शीर्ष ४ मा विक्कीसँगै भरतमणी पौडेल, सन्तोष थापा र हिक्मत महरा छन् । उनीहरुमधये शनिबार विक्की र भरतमणीले प्रस्तुती दिएका थिए ।

विक्कीको प्रस्तुती सधैँभन्दा मात्र होइन‚ अरु प्रतियोगिताभन्दा भिन्न थियो । कमेडी च्याम्पियनमा अहिलेसम्मकै नौलो प्रयोग भएको उद्घोषकले पनि बताएका थिए ।

प्रायजसो ‘अलि फरक गर्ने’ प्रतिस्पर्धीका रुपमा चिनिएका विक्कीले शनिबार पेन्टोमाइम विधाको प्रयोग गरेका थिए । उनले गरेको प्रयोगमा हाँस्य रस नभएको भनेर कतिपयले तर्क गरेका छन् भने कतिपयले उनको प्रयोग र पेन्टोमाइम विधालाई कार्यक्रमका जजहरू नै नचिनेको भनेर टिप्पणीहरू भइरहेका छन् ।

पेन्टोमाइम शास्त्रीय रंगमञ्चसँग जोडिएको विधा हो । यसमा कलाकारले नबोली अभिनयबाट मात्र दर्शकलाई हँसाउने गर्छन् । आयरल्यान्ड‚ बेलायतलगायत देशमा नयाँ वर्ष र क्रिसमसमा पेन्टोमाइम प्रस्तुति धेरै हुने गर्छ । आधुनिक पेन्टोमाइममा भने रेकर्डेड आवाज, धुन, गीत, नृत्य पनि समावेश गर्ने गरिन्छ । विक्कीले शनिबारको प्रस्तुतिमा यस्तै गरेका थिए ।

कस्तो थियो विक्कीको प्रस्तुति ?

यस विषयमा सञ्जालमा आएका केही प्रतिक्रिया:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *