सडक मर्मतको माग गर्दै प्रदर्शन

जनकपुरधाम । जनकपुर-यदुकुहा जोड्ने सडक खण्डअन्तर्गत जनकपुर उपमहानगरपालिकाभित्रै वर्षौँदेखि जीर्ण सडक मर्मत नगर्दा आवागमनमा समस्या भएको भन्दै स्थानीय युवाहरूले प्रदर्शन गरेका छन् ।

जनकपुर-१ स्थित पुल्चोकमा स्थानीय युवाहरूले आइतबार बिहानैदेखि टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन् । स्थानीय युवाहरूको समूहले टायर बालेर र बाँस तेर्स्याएर सडक अवरुद्ध गरेका छन् ।

No description available.

सडकमा रहेका ठूला-ठूला खाल्डो मर्मत गर्न सम्बन्धित निकायलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको स्थानीय लछो मण्डलले बताए ।

लगातारको वर्षाले मुख्य सडकमै खाल्डोमा पानी जमेर एकदमै समस्या भएको र स्थानीय सरकारले कुनै चासो नलिँदा बाध्यतावश आन्दोलनमा उत्रिनुपरेको स्थानीय युवा किसन साहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *