निर्वाचन आयोग र सभामुखविरुद्ध आजै सर्वोच्च जाने तयारीमा एमाले

काठमाडौं । प्रमुख पतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन आयोग र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध आजै सर्वोच्च अदालत जानेगरी अन्तिम तयारीमा जुटेको छ । नेता सुवासचन्द्र नेम्वाङ्गकाअनुसार आजै सर्वोच्च जानेगरी तयारी भइरहेको छ । ‘तयारी लगभग सकिसकिएको छ,’ नेम्वाङ्गले भने, ‘आजै जानेगरी तयारी गरिएको हो । सम्भवतः जानसक्छौँ ।’

पार्टीको केन्द्रीय कमिटी बैठकले कारबाही गरेको सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ पार्टी दर्ताको प्रमाणपत्र दिएको ठहर गर्दै एमालेको गत बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले त्यसविरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरेको थियो । सोहीअनुरूप आफूहरु तयारीमा जुटेको नेम्वाङ्गको भनाइ छ ।

एमाले विभाजन गरेर छुट्टै दर्ता दर्ताको प्रक्रियामा लागेका माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पदमुक्तको निर्णय गरेको थियो । सभामुखले उक्त एमाले निर्णय कार्यान्वयन गरेका थिएनन् भने आयोगले तिनै कारबाहीमा परेका नेताहरुको सनाखतलाई मान्यता दिएर दल दर्ता गरेको थियो । एमालेले कारबाही गरेको १४ सांसदसहित ३० सांसदको सनाखतलाई मान्यता दिएर आयोगले पूर्वाग्रह देखाएको हिजो बसेको एमालेको केन्द्रीय कमिटीले ठहर गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *