सुगमको गीतमा वर्षा-राज (भिडिओ)

काठमाडौँ । प्रेमको चर्चा हुँदा कुनै कलाकारलाई फाइदा हुन्छ भने कसैलाई घाटा । कलाकारद्वय वर्षा सिवाकोटी र राज कटुवाललाई भने यो चर्चा फाइदाजनक देखिएको छ ।

यी दुईको प्रेमको चर्चा चलेको पनि लामै समय भयो तर यी दुई भने ‘मित्रता’ भन्दै टारिरहेका छन् ।

यस्तैमा सङ्गीतकर्मीले भने यी दुईको प्रेमको चर्चालाई भिडिओमा एक साथ काम गराउन सुरु गरेका छन् । यसअघि केही म्युजिक भिडिओमा एक साथ देखिएका वर्षा-राज सुगम पोखरेलले गाएको ‘म यस्तो गीत गाउँछु’मा समेत एक साथ देखिएका छन् ।

सुगमलाई स्वरमा सुष्मा विश्वकर्माले साथ दिएकी छन् । सत्यराज चौलागाईंको शब्द रहेको गीतमा सरोज पोखरेलको संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ । बाथ टबको दृश्यसमेत समेटिएको भिडिओ निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *