नेपाली चलचित्र ‘एटीन’ अमेजन प्राइममा रिलिज

काठमाडौँ । नेपाली चलचित्र ‘एटीन’ अमेजन प्राइममा रिलिज भएको छ । निर्माता तथा निर्देशक प्रेम लामाको चलचित्र डिजिटल प्लेटफर्ममार्फत् रिलिज भएको हो ।

नेपाल र बेलायतमा छायाङ्कन भएको चलचित्रमा प्रसुना कँडेल, राज दीप राई, अम्बिका राई, सनमकुमार वैराग, रितेश चाम्ससहित बेलायती कलाकारहरू क्रिस एपल्टन, राजा मिया, स्टेफनी सान्चेजलगायतको अभिनय छ । नेपालमा हुर्किएर बेलायत पुगेको पहिलो पुस्ता र बेलायतमा नै जन्मिएर हुर्किएको दोस्रो पुस्ताबीचको अन्तर, मनोविज्ञानको कथालाई चलचित्रको विषयवस्तु बनाइएको छ ।

तारादेवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्माण भएको चलचित्रमा चन्द्रकुमार दोङ र ताराप्रकाश लिम्बुको संगीत, किरणराज थापाको सम्पादन, कुशल श्रेष्ठ, अशोक कुमार र प्रतीक दुदराजको छायाङ्कन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *