चलचित्र ‘म त मर्छु कि क्या हो’ रिलिज

काठमाडौँ । चलचित्र ‘म त मर्छु कि क्या हो’ ओटीटी प्ल्याटफर्मबाट रिलिज भएको छ । धुर्मुस सुन्तलीको निर्देशनमा तयार भएको चलचित्र ‘ओहो मुभिज’ एपबाट रिलिज भएको हो ।

चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को निर्माण, निर्देशन, कथा, स्क्रिन प्ले र डाइलग रहेको छ ।

सुबिहानी फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा स्वायत्त योञ्जनको कोरियोग्राफी रहेको छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्र सुदिप बरालले खिचेका हुन् ।

चलचित्रमा धुर्मुस सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डङ्गोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमीला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य, सुशीला थापालगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *