‘पार्टीभित्रको तानासाहलाई ढालेरै छाड्छौं’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टीभित्र तानासाह जन्मिएको टिप्पणी गरेका छन् । ‘पार्टीभित्र तानासाह जन्मिन्छन् भने के गर्नुपर्छ लोकतान्त्रिक मान्यतामा रहेर हामीलाई थाहा छ,’ सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘कस्ता कस्ता तानासाहलाई त हामीले ढाल्यौँ भने पार्टीभित्र कोही तानासाह जन्मिन्छ भने बाँकी राख्दैनौँ ।’

बहालवाला सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै सिंहले क्रियाशील सदस्यता वितरणमा एकरूपता नभएको भन्दै असन्तुष्टि जनाए । ‘क्रियाशील सदस्यता वितरण तथा नवीकरणमा पनि एकरूपता हुनुपर्यो नि,’ सिंहले भने, ‘उहाँको आफ्नो मान्छेको चाहिँ केही नचाहिने अनि अरुको मान्छेको चाहिँ सबै क्राइटेरिया पूरा हुनैपर्ने ? यस्तो कहीँ हुन्छ ?’

सभापति पार्टीको अभिभावक भएको भन्दै पार्टी नीति तथा विधानअनुसार सञ्चालन गर्नुपर्ने तर, त्यो नभएको सिंहको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *