कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन नयाँ पार्टी बनायौँ : नेपाल

काठमाडौं । नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन आफूहरुले नयाँ पार्टी बनाएको बताएका छन् । बिहीबार (आज) दिउँसो बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘हामीले एमालेमा विद्रोह गरेर नयाँ दल बनाएका छौँ,’ नेपालले भने, ‘अब हामीले कम्युनिष्ट आन्दोलनको नयाँ अध्याय शुरु गर्नेछौँ । कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन नयाँ पार्टी नयाँ पार्टी बनाएका हौँ ।’

नेपालले एकीकृत समाजवादीमा देशभरका क्रान्तिकारी नेता/कार्यकर्ता रहेको दाबी गरेका छन् । ‘हामीसँग क्रान्तिकारी नेता/कार्यकर्ताहरु हुनुहुन्छ,’ नेपालले भने, ‘जिल्ला–जिल्लाका कार्यकर्ताहरु, प्रदेश–प्रदेशका कार्यकर्ताहरु जसले केपी ओलीको समूहमा तपाईंहरुलाई म धन्यवाद दिन्छु । अविवादन गर्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *