‘सम्झिनी पानी छम्किनी’ चलचित्र बन्ने

काठमाडौँ । गायक तथा मोडल सम्राट चौलागाईंले आफ्नो हिट गीत ‘सम्झिनी पानी छम्किनी’को नाममा चलचित्र बनाउने भएका छन् ।

करिब एक महिना अगाडि सार्वजनिक भएको यो गीतको तीज भर्सनलाई दर्शकले मन पराएपछि उनको यो नामबाट चलचित्र बनाउने सोच आएको हो ।

चलचित्र विक्रम स्वाँरले निर्देशन गर्ने भएका छन् । शब्द मन पारेकोले यही नामबाट चलचित्र बनाउने तयारी स्वरूप स्क्रिप्टको काम चलिरहेको चौलागाईंले बताएका छन् । कमेडी जनरामा निर्माण हुने चलचित्र मल्टिस्टारर बनाउने उनको सोच छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *