सिमानाको कथामा ‘काँडेतार’ बनाउँदै खड्का

काठमाडौँ । चलचित्रकर्मी नवल खड्काले चलचित्र ‘काँडेतार’ बनाउने भएका छन् । तिहारपछि छायाङ्कनमा जाने चलचित्रका लागि कलाकार गौरव पहाडीसँग लिखित सम्झौता भई सकेको छ ।

चलचित्रमा गौरव र खड्कासँगै सञ्जय खतिवडा, रवीन्द्र झा फाइनल भएका छन् । चलचित्रका लागि प्राविधिक र अन्य कलाकार भने छनौटकै क्रममा रहेको खड्का बताउँछन् ।

‘सिमानामा लगाइने काँडेतारले मुलुकको माटो र मान्छेको मात्रै संरक्षण गर्ने नभएर असल छिमेकीसँगको सद्भावलाई समेत बढाउने विषयमा चलचित्र बनाउन लागेका हौँ । कोरोनाका कारण लकडाउन नभएमा तिहारलगत्तै फ्लोरमा जाने छौँ‚’ खड्का भन्छन् ।

चलचित्रमा खड्कासँगै शङ्कर कार्कीको निर्देशन रहनेछ । चलचित्र खड्का स्वयंले निर्माण गर्दैछन् । राष्ट्रिय भाव समेटेर बन्ने चलचित्रमा मनोरञ्जनका खुराकसमेत समेटिने उनी बताउँछन् ।

लामो समय यता नवल, नेपाल भारत सिमानामा काँडेतार लगाउनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *