तेलुगु चलचित्रमा सलमान र चिरञ्जीवी एक साथ

एजेन्सी । सलमान खान हाल कट्रिना केफसँग आफ्नो आउँदै गरेको चलचित्र ‘टाइगर ३’ छायाङ्कनका लागि रुसमा रहेका छन् । केही दिनअघि भारतीय सञ्चार माध्यममा उनले चर्चित मलायालम चलचित्र ‘लुसीफर’ को तेलुगु रिमेकका लागि आएको अफर टुक्र्याएको खबर सार्वजनिक भएको थियो ।

तर अहिले भने यस चलचित्रमा सलमानसँगै अर्का अभिनेता चिरञ्जीवी देखिने खबर सार्वजनिक भएको छ । चलचित्रमा यी दुईको लामो एक्सन दृश्यसमेत समेटिनेछ । यसअघि यी दुईले स्क्रिन सेयर गरेका थिएनन् ।

‘लूसीफर’ मोहन राजले निर्देशन गर्दैछन् । २०१९ मा बनेको मलायम चलचित्रको यो रिमेक एनवी प्रसाद र कोनिडेला प्रोडक्सनमा निर्माण हुदैछ । राजनीतिक ड्रामा समेटिएको अगिल्लो चलचित्र बक्स अफिसमा सफल मानिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *