कान्तिपुर फिल्म एकेडेमीका ७ लघु चलचित्र प्रदर्शन

काठमाडौँ । कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीहरूले सात लघु चलचित्र निर्माण गरेका छन् । उनीहरूले एकेडेमीमा पढेको, सिकेको ज्ञान र सीपलाई प्रयोग गरेर चलचित्र निर्माण गरेका हुन् । विद्यार्थीले बनाएको ७ वटा लघुच लचित्र वान सिनेमाज् हलमा प्रदर्शन गरिएको थियो ।

विद्यार्थीको बिदाइ कार्यक्रममा मौसमी गुरुङको ‘खरानी’, सुरेन्द्र सिंहको ‘युवा’, सनोल दासको ‘झोल’, वर्षा पौडेलको ‘सेफ्टी पनि’, अनीश बुढाथोकीको ‘युद्ध जारी छ’, आशिष अधिकारीको ‘ऋतु’ र रजिना अर्यालको ‘आखिर किन ?’ चलचित्र प्रदर्शन गरिएको हो ।

कार्यक्रममा राजेश हमाल, ज्ञानेन्द्र देउजा, सुवर्ण थापा, दिवाकर भट्टराई, रेनसा बान्तवा राई, मुस्कान ढकाल, रोशन हमाल, गोपाल कायस्थ, साहिल खान, विधान कार्की, सरिता गिरी, दशरथ गिरीलगायतको उपस्थिति रहेको थियो ।

कान्तिपुर फिल्म एकेडेमीका प्रमुख प्रकाश पुरीले कोरोना महामारीको कारण फिल्म क्षेत्रमा केही गर्छु भनेर अध्ययन गरेका विद्यार्थीहरूको भविष्य अन्योलमा परेको बताउँदै उनीहरूलाई सबैले प्रोत्साहित गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *