शिल्पा अभिनित तीज गीत ‘हे ! माइती राजा’ सार्वजनिक

काठमाडौँ । नेपाली महिलाको पर्व ‘तीज’ र पीडा एक अर्काका परिहार्य मान्ने गरिन्छ । बर्खालगत्तै आउने तीजमा सबै विवाहित महिला माइत जान नपाउन पनि सक्छन् ।

बर्खामा आउने बाढी पहिरोको प्रकोपले माइती घर उजाडेको छ । तर चेलीको मन न हो‚ भाइ लिन आइदिए हुने भन्ने अपेक्षा रहन्छ नै । यही आशा बोकेर एक चेलीले आफ्ना भाइलाई फोन गर्दा पहिरोले घर लागेको कारण यस पटक न आउने जवाफ पाउँछिन् ।

उनको मन कुँडिन्छ । यही परिस्थितिमा ती चेलीको मनमा आउने भावना समेटेर तीज गीत ‘हे ! माइती राजा’ डम्बर विकेलले लेखेका छन् ।

स्याड भर्सनमा रिमेश कुँवरले सङ्गीत गरेका छन् भने सङ्गीत संयोजन ओम सुनारको रहेको छ । सानी उमेरमा भिन्न भिन्न प्रकारको गीत गएर छुट्टै पहिचान दिन सफल रचना रिमालले यस गीतमा आवाज दिएकी छन् । शिल्पा पोखरेल अभिनित भिडिओमा शर्मिला सुनुवारको शृङ्गार रहेको छ । रामकुमार केसीले खिचेको भिडिओ टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडिओमा नवल नेपालको निर्देशन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *