लुम्बिनी प्रदेश सभामा एमालेको नारा- ‘सर्वसत्तावाद अन्त्य गर’

प्रदेश सभा बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशले प्रदेश सभा बैठक स्थगित अबरुद्ध गरेको छ । बैठक शुरु हुनुलगत्तै उठेर विरोध जनाएका एमाले सांसदहरुले ‘सर्वसत्तावादको अन्त्य गर’, ‘हाम्रो माग पूरा गर’, लोकतान्त्रिक मूल्यमान्यताको सम्मान गर’,लगायतका नारा लागाउँदै बैठक अबरुद्ध गरको हो ।

यसपछि बैठक आधा घन्टाका लागि स्थगित भएको छ । एमालेको नाराबाजीपछि सभामुख पूर्णबहादुर घर्तीमगरले बैठक आधा घन्टाका लागि स्थगित गरेका हुन् ।

आफ्नो दलले कारबाहीका लागि सिफारिस गरेका सांसदद्वय अजय शाही र विमलाकुमारी वलीलाई कारबाही नगरिएको भन्दै एमालेले प्रदेश सभा बैठक स्थगित गरेको हो ।

यसअघि सभामुख घर्तीमगरले शाही र वलीलाई कारबाही गर्नुपर्ने कुनै कारण नभेटिएकाले कारबाही नगर्ने भन्दै एमाले लुम्बिनीलाई पत्र पठाएका थिए । त्यसपछि आइतबार (हिजो) पत्रकार सम्मेलन गर्दै एमाले सभामुखको निर्णयलाई सदनबाटै ठिक लगाउने बताएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *