दाजुभाइ-दिदीबहिनीको विषयमा बनेका चलचित्र

काठमाडाैँ । बलिउडका चलचित्रमा जीवनका अनेक सम्बन्धहरूलाई उतारिएको पाइन्छ । दाजुभाइ र दिदीबहिनीको सम्बन्धमा आधारित रहेर पनि धेरै चलचित्र बनेका छन् । जसलाई दर्शकले धेरै माया पनि दिएका छन् । रक्षा बन्धन तथा दाजुभाइ र दिदीबहिनीको विशेष दिन अर्थात् राखि बाँध्ने दिनका रुपमा समेत मनाउने गरिन्छ । यो अवसरमा यही विषयमा बनेका केही चलचित्रको चर्चा गरौं ।

रेसम की डोरी
१९७४ को चलचित्र ‘रेसम की डोरी’ मा धर्मेन्द्र, सायरा बानो, कुमुद चुगानी र रमेश देव मुख्य भूमिकामा छन् । चलचित्रको गीत ‘बहना ने भाई कि कलाई मे’ धेरै लोकप्रिय भयो जुन गीत अझै पनि जनमानसमा लोकप्रिय छ । यो चलचित्र अजित नामको एक अनाथ बालकको कथा हो जो आफ्नी बहिनी रज्जोको इज्जतदार परिवारमा बिहे गर्न चाहन्छ । यसका लागि उनले धेरै समस्याहरूको सामना गर्नु परेको छ ।

हरे रामा हरे कृष्णा
देवानन्द, जीनत अमान, प्रेम चोपडालगायत स्टार कलाकार रहेको ‘हरे रामा हरे कृष्णा’ भाइबहिनीको विषयमा आधारित चलचित्र हो । चलचित्रमा प्रशान्त आफ्नो वर्षौ पहिला हराएकी बहिनीको खोजीमा काठमाडौँ पुग्छन् । जब उनी आफ्नी बहिनीलाई भेट्छन्, उनी स्तब्ध हुन्छन् । उनले भेट्दा त कल्पना विपरीत उनकी बहिनी जसवीर लागूपदार्थको लतमा फसेकी हुन्छिन् र हिप्पी ब्यान्डको सदस्य बनेको उनले पाउँछन् । प्रशान्तले आफ्नी बहिनीलाई परिवारमा फिर्ता ल्याउन धेरै कठिनाइहरूको सामना गर्नुपर्दछ ।

हम साथ-साथ है
सन् १९९९को सुरज बड्जात्याको मल्टीस्टारर चलचित्र ‘हम साथ-साथ है’ एक ब्लकबस्टर हिट चलचित्र हो । यो चलचित्र चार दिदी-भाइ दाजुबहिनीहरुको कथा हो जसले एक अर्कालाई मरिहत्ते गर्छन् । सलमान खान, सोनाली बेन्द्र, सैफ अलि खान, करिश्मा कपूर, तब्बू, मोहनीश बहल, नीलम कोठारी लगायत धेरै कलाकार चलचित्रको महत्त्वपूर्ण भूमिकामा छन् ।

जोस
ऐश्वर्या राय, शाह रुख खान, चन्द्रचुर सिंह स्टारर ‘जोस’ भाइ-बहिनीको कथामा आधारित चलचित्र हो । चलचित्रमा शाह रुख म्याक्स नामक खलनायकको भूमिकामा छन् जसकी बहिनी सर्ली अर्को गिरोहको खलनायको भाइको मायामा पर्छिन् ।

फिजा
फिजा चलचित्रमा करिश्मा कपुर र ऋतिक रोशनले भाइ बहिनीको भूमिका निर्वाह गरेका छन् । अमन, केही गुन्डाहरूको प्रलोभनमा परेर गलत बाटो लिन्छन् । जसका लागी उनको बहिनी फिजा र आमाले अनाहकमा पीडा सहनु पर्छ । धेरै सङ्घर्ष पछि, फिजा आफ्नो दाजुलाई आतङ्कवादबाट बचाउन समाज सँग लड्छिन्, तर अफसोस उनको जीवन बचाउन असफल बन्छिन् ।

सरबजीत
२०१६ मा रिलिज भएको चलचित्र ‘सरबजीत’ एक महिला दलवीरको कथा हो । जसको भाइ सरबजीत मादक पदार्थ सेवन गरी पाकिस्तानको सीमा पार गर्छन् । उनलाई आतङ्कवादी घोषित गरी पाकिस्तानमा कैदी बनाइएको छ । यसबारे थाहा पाएपछि, उनकी दिदी दलवीरले उनलाई सङ्घर्षबाट फिर्ता ल्याएकी छन् । चलचित्रमा ऐश्वर्या राय, रणदीप हुड्डा, ऋचा चड्ढा महत्त्वपूर्ण भूमिकामा छन् ।

त्यस्तै बलिवुडका बन्धन, छोटी बहन, प्यारी बहन, अग्नि पथ लगायत चलचित्रले समेत दाजु बहिनी दिदी भाइको कथा बोलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *