‘भ्रष्टाचार निर्मूल पार्न राजा चाहिन्छ’ (भिडिओसहित)

काठमाडौं । वरिष्ठ कम्युनिष्ट नेता राधाकृष्ण मैनालीले भ्रष्टाचार निर्मूल पार्नको लागि राजा चाहिने बताएका छन् । ‘नीतिगत भ्रष्टाचार बढेको छ,’ नेता मैनालीले भने, ‘भ्रष्टाचार निर्मूल पार्न राजा चाहिन्छ ।’

दलगत कर्मचारी संगठनहरुकै कारण भ्रष्टाचार मौलाएको आरोप नेता मैनालीको छ । ‘कांग्रेसको कर्मचारी संगठन छ, कांग्रेस छ सबै सबै दलहरुका आ–आफ्नै संगठन छन्,’ नयाँ नेपाल निर्माण अभियानले शनिबार (आज) काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता मैनालीले भने, ‘यस्ता संगठनहरु नै हुन् भ्रष्टाचार बढ्नुको मूल कारण ।’

‘एमसीसी मुलुकको हितमा छैन’

यस्तै नेता मैनालीले मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता मुलुकको हितमा नरहेको बताए । ‘एमसीसीले मुलुकलाई झन् ठूलो संकटतिर लान्छ,’ नेता मैनालीले भने, ‘यो मुलुकको हितमा छैन ।’

एक पटक संसद्बाट पारित भएपछि फर्काउन नमिल्ने भन्दै नेता मैनालीले शुरुमै विचार गर्नुपर्ने बताए । ‘विचार पुर्याउनुपर्ने हुन्छ शुरुमै । यसले संकट निम्त्याउन सक्छ,’ नेता मैनालीले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *