सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बन्ने सम्भावना, डा. रावल मुख्यमन्त्री बन्ने

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बन्ने सम्भावना बलियो बनेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलको नेतृत्वमा सरकार बन्ने चर्चा छ ।

केन्द्रमा बनेको गठबन्धनको सहमतिअनुसार सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको हो । एमाले औपचारिक रुपमा विभाजन भए पनि गठबन्धनलाई प्रदेशमा नयाँ सरकार गठन गर्ने बाटो खुलेको हो ।

कांग्रेसको नेतृत्वमा नेकपा एमालेबाहेक गठनबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त सरकार बनाउने गरी केन्द्रमा छलफल भइरहेको छ ।

‘कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा औपचारिक केही आएको छैन,’ संसदीय दलका नेता डा. राववले भने, ‘तर यस विषयमा गठनबन्धन सकारात्मक छ । केन्द्रमा गठबन्धन भएकाले सबैलाई मिलाएर लैजानुपर्ने हुन्छ । केही दिन समय लाग्न सक्छ ।’ कांग्रेसले नेतृत्व गरे संसदीय दलका नेता रावल मुख्यमन्त्री हुनेछन् ।

प्रदेशसभामा कांग्रेसका १२, माओवादी केन्द्रका १३ र जसपाका दुई जना गरी २७ जना सांसद छन् । यो संख्या सरकार गठनका लागि पर्याप्त हुन्छ । गठनबन्धनमा माधव समूहको नेकपा एकीकृत (समाजवादी) पनि भएकाले सरकारमा सहभागी हुनेछ ।

एकीकृत समाजवादीमा अहिलेसम्म सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्त्व गर्ने दुई जनामात्रै खुलेका छन् । प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र पूर्वउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टमात्रै खुलेका छन् । दुवै जना एकीकृत समाजवादीको केन्द्रीय समिति सदस्यसमेत रहेका छन् ।

विगतमा माधव समूहमा एमालेका २५ मध्ये १८ जना खुलेका थिए । माधव समूहमै रहेका एमालेका सांसदहरू अहिले प्रदेश सरकारमा सामेल पनि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *