धुर्मुस-सुन्तलीको चलचित्रमा ‘अन्याय’ को गीत

काठमाडौँ । धुर्मुस-सुन्तली सीताराम कट्टेल र कुन्जना घिमिरेको आगामी चलचित्र ‘म त मर्छु की क्या हो?’ मा पुरानो चलचित्रको गीत राखिएको छ । अन्याय चलचित्रको ‘इशाराले बोलाउन पर्दैन’ गीत चलचित्रमा समावेश गरिएको हो ।

गीतमा भूपेन्द्र सिंह र दीपा झाको स्वर, रत्न समसेर थापा, ईश्वर वल्लभ र प्रदीप रिमालको शब्द तथा रञ्जित गजमेरको सङ्गीत रहेको छ । विश्व बस्नेत र मिरा माधुरी फिचर्ड गीतमा अहिले भने धुर्मुस-सुन्तलीको अभिनय रहेको छ ।

चलचित्रमा सिताराम कट्टेल र कुन्जना घिमिरेको निर्माण, निर्देशन, कथा, स्क्रीन प्ले र डाइलग रहेको छ । सुबिहानी फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्र सुदिप बरालले खिचेका हुन् । चलचित्रमा धुर्मुस सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डङ्गोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमीला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य, सुशीला थापालगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *