थारु गीत ‘पागल दिवाना सजना’ सार्वजनिक
२०७८ भदौ ४ गते

काठमाडौँ । थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक भएको छ । गीतमा विवेक चौधरी र निकिता थारुको स्वर तथा श्रवणकुमार चौधरीको शब्द सङ्गीत सुन्न सकिन्छ । सङ्गीत संयोजन भने सन्दीप सरदारले गरेका हुन् ।
रोमान्टिक शैलीको म्युजिक भिडिओमा रजनीश चौधरी र प्रीति चौधरी देखिएका छन् ।
रजनीश चौधरीकै कोरियोग्राफी र निर्देशन रहेको गीतमा कथा भने लोकेन्द्र चौधरीले तयार पारेका हुन् । भिडिओमा श्रवणकुमार चौधरीको छायाङ्कन र सम्पादन देख्न सकिन्छ ।
२०७८ भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित








