‘आँधी तुफान २’ छायाङ्कन सम्पन्न

काठमाडौँ । चलचित्र ‘आँधी तुफान २’ को छायाङ्कन बुधबार सकिएको छ । एक गीत बाँकि राखेर चलचित्र र्‍याप अप गरिएको लेखक तथा निर्माता मौनता श्रेष्ठले जानकारी दिए ।

धुलिखेल र काठमाडौँमा छायाङ्कन गरिएको चलचित्र मदन घिमिरेको निर्देशनमा तयार भएको हो  । चलचित्रमा आरती आचार्य, सोनी बिसी, याङ्सु श्रेष्ठको मुख्य भूमिका रहेको छ । त्यस्तै, रवि गिरी, सुदीप आचार्य, कनिज कोइराला, अनामिका कार्की, सञ्जय खतिवडालगायतको चलचित्रमा अभिनय छ ।

चलचित्रको निर्माता चक्र घर्ती मगर छन् । रामशरण उप्रेतीको छायाङ्कन रहेको चलचित्रमा सुरेश अधिकारीको सङ्गीत, कमल राईको नृत्य रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *