नेपालप्रति ओलीको कटाक्ष- अध्यक्ष हुन पार्टी खोले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालले आफू अध्यक्ष हुनकै लागि पार्टी खोलेको बताएका छन् । भक्तपुरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन् । ‘यहाँ मान्छेलाई ४ जनाकै मात्रै भएपनि पार्टी खोलेर आफू अध्यक्ष बनिहाल्नुपर्ने भन्ने परेको छ,’ ओलीले भने, ‘माधव नेपाललाई लागेको रोग त्यही हो ।’

अब एमाले धनुबाट छुटेको वाणजस्तो हुनेसमेत ओलीले बताए । नेपाललाई ‘ल्याङल्याङ’को संज्ञा दिँदै ओलीले भने, ‘कमरेडहरु अब ल्याङल्याङ सकियो । हामी धनुबाट छुटेको वाणजस्तै भएर अगाडि जानुपर्छ । अब पार्टीभित्र कुनै खराब प्रवृत्ति छैन ।’

यस्तै ओलीले एमाले आज पनि अतुलनीय पार्टी भएको दाबी गरे । ‘एमालेसँग कसैको तुलनै हुँदैन,’ ओलीले भने, ‘एमालेसँग अझै संसद्मै १०० सिटभन्दा बढी छ । त्यसको दलको कति छ ६१ छ ? यो सिट एमालेभन्दा कति सानो हो त्यो साथीहरु जानिहाल्नुहुन्छ ।’

एमालेले देशको लागि काम गर्दै आएको दाबी गर्दै ओलीले थपे, ‘अब झगडा गर्ने जिम्मा अरुलाई छाडेर एमालेले देशको लागि, जनताका लागि काम गर्नेछ । राष्ट्रिय आकांक्षाका लागि काम गर्नेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *