एमाले (समाजवादी)मा ९५ सदस्यीय केन्द्रीय समिति

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नयाँ दलमा  ९५ जना केन्द्रीय सदस्य हुने भएका छन् ।

दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेता नेपाल पक्षले नयाँ दलमा ९५ जना केन्द्रीय सदस्य हुने उल्लेख छ । उनीहरूमध्ये ५८ जना एमालेका केन्द्रीय सदस्य रहेको बाँकी थपिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
संसद् र संविधानको रक्षाका लागि पटक–पटक गरिएको प्रयत्न सम्भव नभएपछि नयाँ दल दर्ता गरिएको उनको भनाइ छ ।

अहिले नेता नेपाल निर्वाचन आयोगबाट बाहिरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =