दल दर्ता गर्न जसपाका नेताहरू निर्वाचन आयोगमा

काठमाडौँ । जनता समाजवादी पार्टीका नेताहरू निर्वाचन आयोग पुगेका छन् । उनीहरु नयाँ दल दर्ता गर्न आयोग पुगेका हुन् । नेतृ चन्दा चौधरीले दलमा १५ जना सा‌सद र कार्यकारिणी परिषदका ९ जना सदस्य गरि २४ जना नयाँ दल खोल्न सहमत भएको बताइन् ।

आयोगमा नेताहरू केशव झा, चन्दा चौधरीलगायत पुगेका छन् ।

No description available.

सरकारले दल विभाजनसम्बन्धी नयाँ अध्यादेश ल्याएपछि जसपाका नेताहरू महन्थ ठाकुर,  राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण पक्षले दल विभाजन गरी जसपा नेपाल लोकतान्त्रिक गठन गर्ने निर्णय गरेको छ ।

नयाँ दलको नाम र चुनाव चिह्न साईकल प्रस्ताव गर्ने तयारी रहेकाे नेता इकवाल मियाँले जानकारी दिएका छन् ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *