डा केसीको सत्याग्रह स्थगित

काठमाडौं । आफूले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार रहेको भन्दै डा. गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन् ।

प्रधानमन्त्रीले वभिन्न पदहरुमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने, स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा बैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने प्रतिवद्धता जनाएसँगै हाललाई सत्याग्रह स्थगित गरेको डा केसीले बताए ।

यसका साथै यसअघि नेपाल सरकारले गरेका सबै सम्झौता कार्यान्वयन गर्ने पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलको प्रतिवेदनलाई कानुनी रुप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अघि बढाउने, प्रत्येक प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज पुर्‍याउने कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएकाले सत्याग्रह स्थगित गरेको डा. केसीले जनाएका छन् ।

यस्तै प्रधानमन्त्री देउवाले चिकित्सा शिक्षा ऐनमा संशोधनलगायत बाँकी माग पूरा गर्ने प्रतिबद्धता पनि जनाएको डा. केसीले जनाएका छन् ।

डा. केसीले विभिन्न पाँच बुँदे माग राख्दै ३ भदौबाट सत्याग्रह थाल्ने घोषणा गरेका थिए । त्यसको दुई दिनअघि प्रधानमन्त्री देउवाले बोलाएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकाले तत्काललाई सत्याग्रह स्थगित गर्न डा. केसी सहमत भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =