सवारी बजारमा ३ ब्रान्डका साथ अघि बढ्दै जगदम्बा मोटर्स

काठमाडौं । पछिल्लो समय नेपाली सवारी साधनको बजारमा जगदम्बा मोटर्सको उपस्थिति बलियो बन्दै गएको छ । भारतीय अटोमोटिभ कम्पनी टीभीएस मोटर्स कम्पनी, मेसियाली अटोमोबाइल कम्पनी प्रोटोन होल्डिङ्स र युएईको अबुधाबी नेशनल आयल कम्पनीजस्ता बहुराष्ट्रिय कम्पनीको साथले नेपाली सवारी बजारमा जगदम्बा मोटर्सको उपस्थिति बलियो बन्दै गएको हो ।

व्यापारिक घराना शंकर समूहअन्तर्गतकाे जगदम्बा मोटर्सले टीभीएस ब्रान्डका मोटरसाइकल र स्कुटरको बिक्री गर्दै आएको छ । पछिल्लो समय टीभीएस ब्रान्डका टीभीएस अपाच्चे, टीभीएस रेडन, टीभीएस स्ट्राइकर जस्ता मोटरसाइकल नेपाली बजारमा जगदम्बाले बिक्री वितरण गरिरहेको छ । यी मध्ये विभिन्न संस्करण र इन्जिन क्षमताका अपाच्चे मोटरसाइकलले नेपाली बजारमा आफ्नो विशेष हिस्सा लिन सफल भएको छ । विभिन्न ४ भेरियन्ट र क्षमतामा अपाच्चे मोटरसाइकल बिक्री वितरण गरिरहेको छ ।

त्यस्तै, कम्पनीहरुले स्कुटरमा टीभीएस जुपिटर र टिभिएस एन्टर्कको बिक्री वितरण गरिरहेको छ । स्कुटर बजारमा भने पछिल्लो समय आएको एनटर्कले बजारमा सबैभन्दा बढी बिक्री हुने र चल्ने स्कुटरको छाप बनाइसकेको छ ।

जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाल भन्छन्– ‘नेपाली बजारमा टीभीएस एनटर्क भित्रिएको पछिल्लो ३ वर्षमै ५० हजार युनिट बिक्री भइसकेको छ । सवारी सधानका चालक तथा उपभोक्ताको चाहना र रुचिलाई ध्यान दिँदै कम्पनीले एकटर्कमा आवश्यक र थप परिमार्जन गर्दै नयाँ संस्करणहरु ल्याउँदै आएको छ । एनटर्कको रेसका नयाँ संस्करणहरु बजारमा विशेष रुचाइएको छ ।’

निर्देशक दीपक अग्रवाल

तीन पाङ्गे सवारी साधनमा विशेष गरी तराई क्षेत्रका लागि उपयुक्त हुने टीभीएस प्यासेन्जर टेम्पोको बिक्री वितरण गरिरहेको छ । उक्त टेम्पोको उपस्थिति समेत तराईका सडकमा बलियो बन्दै गएको छ ।

चार पाङ्ग्रे सवारी साधानमा जगदम्बाले मलेसियामा प्रधान कार्यालय रहेको प्रोटोन होल्डिङ्स कम्प्नीले उत्पादन गर्दै आएको प्रोटोन कारको बिक्रीवितरण गरिरहेको छ । इन्जिन क्षमता, शैली र उपयुक्त डिजाइनका कारण यो कारसमेत नेपाली बजारमा विशेष चलेको कारको रुपमा आफ्नो छुट्टै परिचान बनाएको देखिन्छ ।

जगदम्बाले अब केही दिनभित्रै युनाइटेड अरब इमिरेट्स्को अबुधाबीस्थिति कम्पनी अबुधाबी नेशनल आयल कम्पनीले उत्पादन गर्दै आएको एड्नोक लुब्रिकेन्ट नेपाली बजारमा उपलब्ध गराउने तयारी गरिरहेको छ ।

‘एड्नोकको सोल डिस्ट्रिब्युटरका रुपमा हामीले अब नेपाली बजारमा एड्नोक लुब्रिकेन्ट बिक्री वितरण थाल्दैछौं,’ उनले भने, ‘अबको दुई सातापछि हामी उक्त लुब्रिकेन्टको नेपाली बजारमा उपलब्ध गराउँदै छौं ।’

देशभर शोरुम, सर्भिसिङ र स्पेयरपार्ट (थ्रि–एस) सुविधासहितका १२९ शोरुम र थप २ सय सर्भिस सेन्टरसहित जगदम्बा मोटर्सले दुई, तीन र चार पाङ्ग्रे सवारी साधानसम्बन्धी सेवा र सुविधा देशैभर उपलब्ध गराउँदै आएको निर्देशक अग्रवालले बताए ।

कम्पनीले हाल आकर्षक छुट र सुविधासहितको मोटरसाइकल तथा स्कुटरको ‘एक्सचेन्ज अफर’ सञ्चालन गरिरहेको छ । उक्त अफरअन्तर्गत कुनै पनि कम्पनी वा ब्रान्डका मोटरसाइकल तथा स्कुटर लगेर टीभीएस ब्रान्डका मोटरसाइकल र स्कुटरसँग साट्न सकिन्छ ।

एक्सचेन्ज अफरमा मोटरसाइकल साट्दा १५ हजारसम्म र स्कुटर साट्दा १२ हजार रुपैयाँसम्म छुट पाउने व्यवस्था कम्पनीले गरेको छ ।

‘हामी जबसम्म बजारमा छौं तबसम्म यस्ता सुविधाका अफरहरु आइरहन्छन्,’ उनले भने, ‘केही समयपछि चाडपर्व अफर पनि सुरु गर्छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *