धादिङ र मन्थलीमा मोटरहेड मोटरसाइकलको सोरुम सञ्चालनमा

काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले धादिङ र मन्थलीमा सोरुमको शुभारम्भ गरेको छ । एक कार्यक्रमका बीच दुई स्थानमा सोरुम शुभारम्भ गरिएको हो ।

धादिङमा अवस्थित टोनिया ट्रेडिङ एन्ड कन्सर्नले मोटरहेड सोरुमको रुपमा कार्य प्रारम्भ गरेको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सोरुम शुभारम्भ भएको हो ।

त्यसैगरी मन्थलीमा मोटरहेडको आधिकारिक सोरुमको रुपमा नुबी ट्रेडर्सको शुभारम्भ भएको छ । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेलगायतले सोरुमको शुभारम्भ गरेका हुन् ।

धादिङ र मन्थली दुवै स्थानमा भएको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, वर्कसप तथा रिकन्डिसन व्यवसायी, सञ्चारकर्मी, बैंक एवं वित्तीय संस्थाका प्रतिनिधि र अन्य धेरैको सहभागिता रहेको कम्पनीको भनाइ छ ।

यी दुवै स्थान पहाडी भूभागमा पर्ने भएकाले मोटरहेडका डर्ट र अन्य सेगमेन्टमा मोटरसाइकलहरुको राम्रो बिक्री हुने अपेक्षा गरिएको एसएलआर टेक्नो एन्ड ट्रेडका जनरल म्यानेजर उज्वल जोशीले बताए ।

यसअनुसार एक्सचेन्ज गर्ने ग्राहकका लागि पुरानो मोटरसाइकल वा स्कुटरमा थप १५ हजारसम्म मूल्याङ्कन गरिनेछ भने नगद खरिदमा १० हजार रुपैयाँ छुट प्रदान गरिनेछ । त्यसैगरी फाइनान्समा खरिद गर्दा ५ हजार रुपैयाँ छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

पावर, पर्फमेन्स र भ्यालु फर मनीका लागि मोटरहेड मोटरसाइकल लोकप्रिय मानिन्छन् । पहाडी र तराईजस्ता सबै क्षेत्रका लागि उपयुक्त हुने मोटरहेडका डर्ट, क्रसओभर र स्क्र्याम्बलर गरी सबै भर्सनका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *