टीभीएसले सार्वजनिक गर्‍यो, अपाचे आरटीआर १६० टु भी

काठमाडौं । जगदम्बा मोटर्स टीभीएसले आफ्नो सानो भर्याङ सोरूम मार्फत न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स र नयाँ फराकिलो टायर भएको अपाचे वन सिक्स्टी टु भी सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार आरटीआर १६० टु भीमा नयाँ ग्रफिक्स समावेश गरेको छ । त्यस्तै कम्पनीले यसमा अझै वाइडर टायर दिएको छ । यसमा रहेको अर्को राम्रो फिचर्स भनेको रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले हो।

यो मोटरसाइकलमा १६० सीसी सिंगल सिलिन्डर आरटीआर ओभरस्केर इन्जिन रहेको छ । यो इन्जिनले १४‍.१४ पीएस पावर तथा १३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।

यो मोटरसाइकल पर्ल ह्वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरिएन्टमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ । यसको मूल्य २लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *