सवारी साधनको आयात ९५ प्रतिशतले बढ्यो

काठमाडौं । सवारी साधनको आयात ९५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७/७८ मा गाडीको उक्त परिमाणको आयात बढेको हो ।

दुईपाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सबै किसिमका सवारी साधनको समग्र आयात बढेको हो ।

गत आर्थिक वर्ष ४ लाख ७८ हजार ७२ वटा गाडी आयात भएका थिए । यी मध्ये मोटरसाइकल र स्कुटरको संख्या ३ लाख ५५ हजार ६ सय ६७ वटा अघिल्लो

आर्थिक वर्ष २०७६/७७ मा २ लाख ४५ हजार २ सय २२ गाडी आयात भएका थिए ।

कोभिड–१९ का कारण २०७६/७७ मा गाडीको आयात झण्डै ५० प्रतिशतले खुम्चिएको थियो । अघिल्लो आर्थिक वर्षको आधार दर नै खुम्चिएकोले पनि गत वर्षको गाडीको आयात ९५ प्रतिशतले बढेको हो । यसअर्थमा गत वर्ष कोभिड–१९ सुरु हुनुअघिकै परिमाणमा नेपालमा गाडीको आयात भएको हो ।

चार वर्षअघि आर्थिक वर्ष २०७३/७४ मा सवारी साधनको आयात सबैभन्दा बढी देखिएको थियो । उक्त वर्ष ४ लाख ४४ हजार २ सय ५९ वटा सवारी साधन आयात भएको थियो । उक्त आयातको तुलनामा गत वर्षको आयात भने ८ प्रतिशतले बढी हो ।

सवारी साधनको आयात बढे पनि कोभिडका कारण कतिपय ब्रान्डका चारपाङ्ग्रे सवारीको आपूर्ति कम भएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ ।

आयात भएका गाडीहरुमा ट्रयाक्टर, बस, एम्बुलेन्स, जीप, कार, भ्यान, अटो रिक्सा, ट्रक, क्रेन र लरि, टिप्पर, ट्याङ्करलगायत रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *