‘म राजेश हमाल’ बनाउँदै केदार भुसाल

काठमाडौँ । अभिनेता राजेश हमालको नाममा चलचित्र निर्माण हुने भएको छ । निर्माता केदार भुसालले ‘म राजेश हमाल’ नाम राखेर चलचित्र बनाउन लागेका हुन् ।

विक्रम लामा (जोन योञ्जन)ले निर्देशन गर्ने चलचित्रमा सञ्चिता लुइँटेल, मकुनु भुसाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सन्जोग रसाइली, अस्मिता लामिछाने मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् ।

भदौ २० गते धनगढीबाट छायाङ्कन सुरु हुन लागेको चलचित्रमा अतिथि भूमिकाका लागि राजेश हमाल स्वयम् र आर्यन सिग्देलसँग कुराकानी सुरु गरिएको छ ।

यसअघि २०११ मा ‘मेरो राजेश दाइ’ नाममा फिल्म बनेको थियो । जसमा राजेश स्वयम् मुख्य भूमिकामा देखिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *