कुलमानको नियुक्ति बदर गर्न माग गर्दै हितेन्द्रले दायर गरे रिट
२०७८ साउन ३२ गते

हितेन्द्रदेव शाक्य
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सरकारले कार्यकारी निर्देशकबाट आफूलाई हटाएर कुलमान घिसिङ्लाई नियुक्त गरेकोमा नियुक्ति बदर गरी आफूलाई पुनर्बहालीको माग गर्दै रिट दर्ता गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । रिटमा अन्तरिम आदेशको माग गरिएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यको ठाउँमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
यो पनि : कुलमानले प्राधिकरणमा गरे पदबहाली
२०७८ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित








