आधुनिक विशेषतासहित अतुल अटो रिक्सा नेपाली बजारमा

काठमाडौँ । अतुल अटोको नेपालका लागिआधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले आइतबार एक औपचारिक कार्यक्रममार्फत नेपाली बजारमा ‘अटो रिक’ सार्वजनिक गरेको छ ।

तीन चक्के टेम्पो निर्माणमा भारतकै प्रसिद्ध कम्पनी अतुल अटोले आफ्नो राजकोट अहंदाबादस्थित कारखानाबाट उक्त अटो रिक्साको उत्पादन गर्दछ । कम्पनीले उक्त अटो रिक्सा २२ भन्दा बढी राष्ट्रमा रहेका आफ्ना डिलर सञ्जालमार्फत बिक्री गरिरहेको छ ।

आधुनिक विशेषतासहितका अतुल अटो रिक हेर्दा आकर्षक शैली र आरामदायी रहेको कम्पनीले जनाएको छ । शक्तिशाली इन्जिन भएको उक्त रिक्सामा नयाँ पुस्ताका आधुनिन विशेषताहरुले सजिएको कम्पनीको दाबी छ ।

अतुल अटो रिक्सामा ग्राहकले सुरक्षा, शैली, स्पेस, बचत र मजबुती जस्ता ५ महत्वपूर्ण लाभ प्राप्त गर्ने जनाएको छ । यो अटो रिक्साले नेपाली बजारमा राम्रो उपस्थिति जनाउने विश्वास रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *