प्रचण्डको प्रस्ताव- वर्तमान गठबन्धन चुनावसम्म कायम राखौँ (पूर्णपाठ)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी चुनावसम्म कायम राख्ने प्रस्ताव गरेका छन् । शनिबार (आज) देखि बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठानिक प्रस्तावमा कुरा उल्लेख गरिएको छ ।

‘केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध संघर्षकै क्रममा वामलोकतान्त्रिक गठबन्धन निर्माण भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्दै प्रतिगमन गर्ने ओली प्रवृत्तिलाई गठबन्धनले पराजित गरेको छ । यसलाई नरुचाउने शक्तिहरू गठबन्धनलाई कमजोर पार्ने र भत्काउन लागिपरेका छन् । अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायीत्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तीमा कायम राख्ने पार्टीको नीति हुनेछ,’ अध्यक्ष प्रचण्डमार्फत पेश गरिएको प्रस्तावमा भनिएको छ ।

यस्तै प्रस्तावमा आगामी पुस ११ देखि १३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।

यस्तो छ पूर्णपाठः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *