प्रचण्डको प्रक्षेपण- आउँदो चुनावमा प्रमुख पार्टी बन्नसक्छौँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने बताएका छन् । शनिबार (आज) बाट काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ्गका क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हन् । ‘आगामी निर्वाचनसम्म आउँदा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ,’ अध्यक्ष प्रचण्डले भनेका छन् ।

पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको अध्यक्ष प्रचण्डको विश्लेषण थियो । अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै केन्द्रीय सदस्य लीलामणि पोखरेलले मकालुखबरसँग भने, ‘अब यो राजनीतिक पहललाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न बाँकी रहेको छ । आगामीा चुनावसम्ममा हामीले यो काम गर्न सक्छौँ र गर्नुपर्छ ।’

यसबीचमा नेतृत्वबाट कमीकमजोरीहरू भएको स्वीकार्दै अध्यक्ष प्रचण्डले संघ र प्रदेश दुवैतिर माओवादी बलियो भएको बताए । ‘यसबीचमा हाम्रा कमी कमजोरी पनि भए,’ अध्यक्ष प्रचण्डले भने, ‘शहीद परिवार, घाइते. र पीडितहरुलाई प्रतिक्रियावादीहरुले हाम्रोविरुद्ध प्रयोग गर्न पनि खोजे । तर, घेरा तोड्दै हामी राजनीतिको केन्द्रमा रहन सफल भएका छौँ । संघमा पनि राम्रै स्थितिमा छौँ, तीनवटा प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्यो ।’ यद्यपि ढुक्क नबस्न नेताहरुलाई अध्यक्ष प्रचण्डले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *