बुबाले हानेको गाोली लागेर छोराको मृत्यु, बुबा पक्राउ

काठमाडौं । स्याललाई हानेको गोलीले छोराको मृत्यु भएपछि पाल्पा प्रहरीले बुबालाई पक्राउ गरेको छ । प्रहरीले पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ स्थित जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीलाई पक्राउ गरेको हो ।

कर्णबहादुरले शुक्रबार (हिजो) साँझ ६ बजेतिर मकैबारीमा आएको स्याल मार्न भरुवा बन्दुकबाट गोली चलाउँदा उनकै ३५ वर्षीय छोरा धनबहादुर लम्तरी लागेको थियो । त्यसपछि धनबहादुरको मृत्यु भएको थियो ।

पाल्पाका प्रजिअ योगेन्द्रप्रसाद पाण्डेले दिएको जानकारीअनुसार गोली लागेपछि धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि घटनाको बारेमा विस्तृत बुझ्ने काम भइरहेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । ‘यो घटना हिजो साँझको हो,’ त्वातीले भने, ‘घटनाबारे विस्तृत रुपमा बुझ्दैछौँ । उहाँ (कर्णबहादुर)लाई पक्राउ गरिसकेका छौँ ।’

घरबाट करिब १०० मिटर टाढा रहेका धनबहादुरलाई भरुवा बन्दुकबाट निस्केको गोली लागेको थियो । गोली हान्ने कर्णबहादुरलाई प्रहरीले बन्दुकसहित पक्राउ गरी हिरासतमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *