चौथो लहर आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित बढ्दै

सोल । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या बढेको देखिएको छ । कोरियामा संक्रमित हुनेहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा बढ्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ ।

कोरोना भाइरसको चौथो लहर आएको भनिएको यहाँ शुक्रबार थप एक हजार नौ सय ९० जनामा सङ्क्रमण देखिएको बताइएको छ ।

योसँगै कोरियामा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजारभन्दा बढी पुगेको बताइएको छ । पछिल्लो हप्तामा यहाँ कम्तीमा पनि एक हजार ६०० जनामा सङ्क्रमण देखिने गरेको छ ।

बुधबार रातिसम्म कोरियामा एक हजार नौ सय ८७ जना सङ्क्रमित थपिएकामा शुक्रबार उक्त सङ्ख्याभन्दा बढी देखिएको हो । यहाँका स्वास्थ्य अधिकारीहरूले अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाली सरकारले खोप लगाउने कामलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । यहाँ अन्य देशको तुलनामा मृत्युदर भने कम रहेको छ । अहिलेसम्म कोरियामा दुई हजार एक सय ४४ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

– रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =