‘ग्लोकल २० अन्डर २०’को सूची सार्वजनिक

काठमाडौँ । वाई वाई ग्लोकल टीन हिरो नेपाल सातौँ संस्करणमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० छनो‍ट गरिएको छ ।

उनीहरूलाई ग्लोकल २०‚ अन्डर २० भनी पहिचान गरिएको छ र उक्त सूची सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको हो । देशभरिबाट आएको ६११ आवेदनबाट यी किशोर/किशोरीहरू छानिएका हुन् ।

निर्णायक मण्डलले २० किशोर/किशोरीहरू समाजमा ल्याएको प्रभावको आधारमा चयन गरेका हुन् । समाजमा रहेका असाधारण युवाहरूको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।

किशोरकिशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो सातौँ संस्करण हो ।

२० अन्डर २० किशोरकिशोरीहरू समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, साहित्य, प्रविधि र उद्यमशीलता, वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *