केसीलाई मुख्यमन्त्री बनाउन गठबन्धनले बुझायो ४२ सांसदको हस्ताक्षर

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चारदलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

गठबन्धनमा हृदयेश त्रिपाठी समूहमा रहेका अजय शाहीसमेत मिसिएका छन् । योसँगै सत्तारुढ गठबन्धनमा ४२ सांसद पुगेका छन् । शाहीले पनि केसीलाई मुख्यमन्त्रीमा केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । त्यसैले प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नेछन् । आजै सपथ ग्रहण गरेर सानो मन्त्रिमण्डल गठन गर्ने केसीको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *