सर्वाधिक रुचाइएको चलचित्र बन्यो ‘तुफान’

एजेन्सी । फरहान अख्तर अभिनित चलचित्र ‘तुफान’ अमेजन प्राइममा सर्वाधिक हेरिएको भिडियो बन्न सफल भएको छ ।

प्राइम सञ्चालकका अनुसार हालसम्म कुनै पनि हिन्दी चलचित्र सात दिनको अवधिमा यति धेरै पटक हेरिएको थिएन ।

प्राइम डे जुलाई (२६-२७) सम्ममा यो चलचित्र पहिलो एक सातामा ३९०० शहरहरूमा दर्शकले हालसम्मकै सर्वाधिक पटक हेरेका हुन् । प्राइमले प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी दिएको हो । त्यस्तै यो चलचित्र पहिलो सातामा १६० भन्दा बढी देशहरूमा हेरिएको छ ।

तेलुगु, तामिल र मलायाम भाषामा यो चलचित्र १५० भन्दा बढी देश तथा ३२०० भन्दा बढी शहरका दर्शकले हेरेका छन् ।

भारतमा मात्रै नभएर अन्य देशमा समेत स्थानीय भाषामा चलचित्र हेर्ने क्रम बढ्दो रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

खेलमा आधारित चलचित्र ‘तुफान’ राकेश ओमप्रकाश मेहराले निर्देशन गरेका हुन् । चलचित्र १६ जुलाईमा अमेजन प्राइममा रिलिज गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *