‘साहो’ खेलेका कनिज नेपाली चलचित्रमा

काठमाडौँ । साउथ सुपरस्टार प्रभासको चलचित्र ‘साहो’मा खलनायकको भूमिकामा देखिएका कलाकार कनिज कोइराला नेपाल आएका छन् ।

चलचित्र ‘आँधी तुफान-२’  मा अभिनय गर्नका लागि उनी केही दिनअघि नेपाल आएका हुन् । यस चलचित्रमा समेत उनी खलनायकको रूपमा देखिन लागेका हुन् ।

कनिज भारतको मद्रासबाट केही दिनअघि मात्र नेपाल आएका हुन् । उनी अहिले चलचित्रको छायाङ्कनमा व्यस्त छन् ।

पछिल्लो समय भारतमा रहेर अभिनय करियर अगाडि बढाइरहेका कनिज नेपाली मूलका हुन् । उनले बलिउड, दक्षिण भारतीय र मद्रासीलगायतका चलचित्रमा अभिनय गरिसकेका छन् । नेपाली मोडलिङ क्षेत्रबाट बलिउड छिरेका कनिजको ‘आँधी तुफान–२’ पहिलो नेपाली फिल्म हो ।

(तस्बिर : निर्देशक मदन घिमिरेको फेसबुकबाट)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *