स्यानिटरी प्याडमा भ्याट छुटको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । स्यानिटरी प्याडमा भ्याट छुटको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा लगाइएको १३ प्रतिशत भ्याट खारेजीको माग राख्दै सर्वोच्च अदालतमा मंगलबार (आज) रिट निवेदन दर्ता भएको हो ।

अभ्युदय भेटवाल र श्रीना नेपालले अर्थ, स्वास्थ्य, महिला तथा बालबालिका र कानून मन्त्रालयलाई विपक्षी बनाइ निवेदन दर्ता गराएका हुन् । अभ्युदयले मकालुखबरसँग भनेका छन्, ‘हो, हामीले दर्ता गराएका छौँ,’ रिट निवेदक अभ्युदयले मकालुखबरसँग भनेका छन्, ‘नेपालको कूल जनसंख्याको ५४.३९५% महिला वर्गले प्रत्येक महिना एक हप्ताको लागि, र हरेक महिना गरेर करिब ३८ वर्षसम्म महिनावारी अथवा रजस्वाला चक्र भएको बेला प्रयोग गर्ने स्यानिटरी उत्पादनहरूलाई ‘लक्जरि वस्तु’अन्तर्गत राखि १३% मूल्य अभिवृद्धि कर तथा भन्सार महसुल लगाइनु नेपालको सम्पूर्ण महिलाहरूलाई संविधानद्वारा प्रदत्त मौलिक हक र सार्वभौम मानव अधिकारको उल्लङ्घन हुनु हो ।’

रिटमा स्यानिटरी प्याडलाई अर्थ मन्त्रालयले ‘लक्जरी वस्तु’को कोटामा राखेको भन्दै अत्यावश्यक सामग्रीमा सूचीकृत गर्न मागसमेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *