भजन गाउँदै गर्दा माइकमा करेन्ट प्रवाह, दुईको मृत्यु

जनकपुरधाम । करेन्ट लागेर धनुषामा दुई जनाको मृत्यु भएको छ । भगवानको भजन कीर्तन गरिरहेका बेला अचानक माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका-३ बस्ने ५५ वर्षीय बिन्दा दास र सोहि ठाउँका ५० वर्षीय मनिराम यादव रहेका छन् । क्षीरेश्वरनाथ नगरपालिका-३ पर्सा टोलका भुलन यादवको घरमा भइरहेको भजन कीर्तनको समयमा माइकमा अचानक करेन्ट प्रवाह हुँदा दुबैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दास र यादव धार्मिक उत्सवमा भजन कीर्तन गाउन यादवको घर गएका थिए । मृतकहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *