चलचित्र लभ सर्कलको ‘ओ मैयाँ’ सार्वजनिक

काठमाडौँ । चलचित्र ‘लभ सर्कल’को पहिलो गीत ‘ओ मैयाँ’ सार्वजनिक भएको छ । गीतमा अङ्कितबाबु अधिकारी र विद्या तिवारीको आवाज रहेको छ भने गायक अधिकारीले नै सङ्गीत भरेका छन् । भिडिओमा चलचित्रका मुख्य कलाकारहरू मुकुन भुसाल, पवित्रा आचार्य, नाजिर हुसेन र रिस्ता बस्नेतले अभिनय गरेका छन् ।

डिजिटल प्लेटफर्ममा रिलिज गर्न लागेको चलचित्रको ट्रेलर गएको हप्ता सार्वजनिक भएको थियो । यो चलचित्र साउन २९ गते डिस होमको च्यानल नम्बर ५५५ मा प्रदर्शनमा प्रदर्शन हुँदैछ ।

वसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा रवीन्द्र झा, सुमन कोइराला (दले दाइ) को पनि मुख्य भूमिका रहेको छ । मी टिभीको प्रस्तुतिमा ओम प्रकाश अग्रवाल र रोशन पौडेलको संयुक्त निर्माण रहेको चलचित्रमा अङ्कित बाबु अधिकारीको सङ्गीत, अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायाङ्कन, पवित्रा आचार्यको कोरियोग्राफी र साहिल खान/मिलन श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *