‌ओलीप्रति बाबुरामको कटाक्ष- सबको औषधी दैवले रचिदियो‚ बिर्सेछ कि मूर्खको !

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा‌. बाबुराम भट्टराईले अर्का पूर्वप्रधाानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

प्रधानमन्त्रीबाट हटेपछि मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बाेल्दै ‌ओलीले गरेका दाबी र तर्कहरूप्रति कटाक्ष गर्दै भट्टराईले दैवले सबैकाे औषधी रचे पनि मूर्खको औषधी बनाउन बिर्सिएको भनी कटाक्ष गरेका हुन् ।

उनले ट्वीटरमा भनेका छन्‚ ‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो ! पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना ! उल्टै जो चोर उसको ठूलो स्वर !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *