भदौ ८ सम्म बढाइयो निषेधाज्ञा‚ बिहीबारदेखि थप कडाइ

काठमाडौँ । सरकारले बिहीबारेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।

त्यस्तै बैठकल‍े राति ८ बजेपछि सबै प्रकारका सवारी साधन चलाउन रोक लगाउने निर्णयसमेत गरेको छ ।

‘स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने तथा अत्यावश्यक बाहेकका अन्य निजी एवम्, सार्वजनिक सवारी साधनहरु ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने छ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *