ईपीएलको मुख्य प्रायोजक बजाज पल्सर

काठमाडौं । चौथो एभरेस्ट प्रिमियर लिग (ईपीएल) को प्रायोजन बजाज पल्सरले गर्ने भएको छ । ईपीएलले पाएको यो प्रायोजन नेपालमा आयोजना हुने फ्रेन्चाइज टी-२० वेस क्रिकेटमध्ये हालसम्मकै सबैभन्दा ठूलो हो ।

आउने सेप्टेम्बर २५ मा काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने बजाजले जनाएको छ । बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको नामको रूपमा यो प्रतियोगिताको सञ्चालन हुनेछ । १४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरु रहेका छन् । टोलीहरुको नाम विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स रहेको जनाएको छ ।

जब विश्वव्यापी क्रिकेटका व्यक्तित्वहरु पिचमा उत्रिनेछन् तब यो प्रतियोगिताको स्टेजमा आगो लाग्नेछ । बजाज पल्सर एभरेस्ट प्रिमियर लिग २०२१ का केहि स्टार खेलाडीहरुमा शाहिद अफ्रिदी (पाकिस्तान), शोएब मलिक (पाकिस्तान), कार्लोस ब्रेथवेट (वेस्ट इन्डिज)हरु सामेल रहेका छन् ।

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले भने, ‘बजाज पल्सरलाई सधैं नेपाली युवाहरुले माया गरि दिनु भएको छ । हालैका वर्षहरुमा क्रिकेट पनि नेपाली युवाहरुको जोश बनेको छ । यसैले, हामी नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ईपीएलको लागि टाइटल स्पन्सर बन्ने निर्णय गरेका छौँ । हामीले सँधै नेपालमा खेलकुदलाई बढावा दिएका छौँ र वर्षौंदेखि खेल पुरस्कारमा प्रायोजन गर्दै आएका छौं । यो एसोसिएसनले पक्कै पनि देश भरीबाट धेरै गुणस्तरीय खेलाडीहरुलाई जन्म दिनेछ, र हामीलाई आशा छ कि उनीहरु पनि राष्ट्रिय टोलीको लागी नयाँ खोजको रुपमा स्थापित हुनेछन् । बजाज पल्सर नेपालमा खेलकुदको विकासको लागि हरदम हरपल प्रतिबद्ध छ र रहिरहने छ ।’

ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले भने, ‘ईपीएलले आफ्नो स्थापनाकालदेखि नै नेपाल र विदेशका क्रिकेट प्रेमीहरुबाट ठूलो ध्यान जुटाउन सफल भएको छ । मार्केटिंग क्षेत्रमा पनि यसको परिणाम स्वरूप प्रभाव देखिएको छ । हामी सधैं पक्का छौं कि जुन ब्रान्डलाई ईपीएलले सधैँ प्रायोजन गर्दछ त्यो ब्रान्डको ईपीएलको समापन पछि सधैँ नै उच्च सम्मान रहन्छ । बजाज- ब्रान्ड उत्कृष्टताको एक उदाहरण हो- र सत्य यो हो कि हामी ईपीएलमा लगातार उत्कृष्टताको लागी प्रयास गरिरहेका हुन्छाैँ र हामीलाई आशा छ कि यो एसोसिएसनले सबै सरोकारवालाहरुको लागी सफलता र खुशीको धेरै पलहरु ल्याउँनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *