विवाद पछि दुर्गेशको ‘बिच्च बिच्चमा-५’ सार्वजनिक
२०७८ साउन २५ गते

काठमाडौँ । विवादमा परेका गायक दुर्गेश थापाले नयाँ गीत बिच बिचमा-५ सार्वजनिक गरेका छन् । गीतमार्फत् उनले आफ्नो विरोध भएको विषयलाई उठाउँदै जवाफ दिएका छन् ।
गीतमा दुर्गेशको शब्द सङ्गीत रहेको छ भने उनलाई स्वरमा बसन्त थापाले साथ दिएका छन् । सङ्गीत संयोजन साहस शाक्यको रहेको छ भने मिक्सिङ्ग मास्टरिङ्ग चन्द्र चौधरीले गरेका हुन् ।
काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको भिडिओमा पल शाह र दुर्गेशसँगै बाल कलाकार जेभिन-जेभिस, आयुषी ढकाल र सिमोन कोनाजुले अभिनय गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडिओ मिलन विश्वकर्माले सम्पादन गरेका छन् । दुर्गेश अर्को गीत ‘बहिस्कार’को समेत तयारीमा छन् ।
२०७८ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित








