रणवीर बराबर पारिश्रमिक नपाएपछि ‘बैजु बावरा’बाट बाहिरिइन् दीपिका

एजेन्सी । सञ्जय लीला भन्सालीको चलचित्र ‘बैजु बावरा’बाट पारिश्रमिकमा कुरा नमिलेपछि अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छन् ।

यस चलचित्रमा रणवीर सिंह र दीपिका जोडीको रूपमा देखिने चर्चा थियो । तर,भारतीय सञ्चारमाध्यमका अनुसार दीपिका यो चलचित्रबाट बाहिरिएकी हुन् । उनले रणवीरको बराबर पारिश्रमिकको माग गरेपछि चलचित्र निर्माण टीमले उक्त रकम दिन नमानेपछि उनी बाहिरिएकी हुन् ।

दीपिका र रणवीरले भन्सालीको चलचित्र रामलीला, बाजिराव मस्तानी  र पद्मावतमा पर्दा सेयर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *